२०८२ श्रावण ३१, शुक्रबार

११५ केजी बुद्धचित्त माला र १२ लाख नगदसहित दुई चिनियाँ पक्राउ

प्रहरीले ठूलो मात्रामा बुद्धचित्त माला र स्रोत नखुलेको नगदसहित २ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
११५ केजी बुद्धचित्त माला र १२ लाख नगदसहित दुई चिनियाँ पक्राउ

२९ साउन काठमाडौँ / प्रहरीले ठूलो मात्रामा बुद्धचित्त माला र स्रोत नखुलेको नगदसहित २ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार राति ठमेलबाट उनीहरुलाई पक्राउ परेको हो ।

प्रहरीका अनुसार ११५.६५ केजी बुद्धचित्त माला र १२ लाख ७० हजार नगद समेत फेला परेको परिसरका एसपी अपीलराज बोहोराले जानकारी दिए । त्यस्तै उनीहरूको साथबाट ३ वटा मोबाइल फोन र २ वटा पासपोर्ट समेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा थप अनुसन्धान भइरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस