३० असोज, काठमाडौं / नेकपा एमालेले वर्तमान सरकारले चुनाव नगराउने दाबी गर्दै पुरानै जनमत ब्युँतिनुको विकल्प नरहेको धारणा निर्वाचन आयोगलाई बुझाएको छ ।
आयोगले बोलाएको सर्वदलीय बैठकमा एमाले उपाध्यक्ष गुरु बराल र निर्वाचन विभाग प्रमुख निरज आचार्यले ७ बुँदे पार्टीको धारणा राख्दै सरकार उल्टो बाटोमा हिँडेको उल्लेख गरेका छन् ।