२०८२ चैत्र ५, बिहिबार

महावीर पुन

महावीर पुनलाई मतदाताले दिए चुनाव खर्च

म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई मतदाताले नै ‘चुनाव खर्च’ दिएका छन् ।
महावीर पुनलाई मतदाताले दिए चुनाव खर्च

फागुन ७, काठमाडौं/म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई मतदाताले नै ‘चुनाव खर्च’ दिएका छन् । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पूर्वमन्त्री महावीर पुनले घरदैलोको क्रममा आफू र आफ्नो चुनावी अभियानको टोलीलाई मतदाताले पैसा दिइरहेको बताएका छन् ।
महावीरले सामाजिक सञ्जाल लेखेका छन्, ‘अचम्मको कुरा हेर्नुहोस्– भोट माग्न गाउँगाउँ जाँदा मतदाताहरुले मलाई चुनाव खर्च भनेर पैसा दिइरहेका छन् ।’

मतदाताले दिएको खर्च एकीकृत गर्ने र हिसाबकिताब निर्वाचनको अन्तिममा सार्वजनिक गर्ने उनको प्रतिबद्धता छ । ‘उमेदवारले पैसा बाँडेर भोट माग्छन् भन्ने सुनिन्छ । मलाई त उल्टै पैसा दिइरहेका छन्,’ पुनले लेखेका छन्, ‘चन्दाको सबै हिसाब किताब प्रष्टसँग सार्वजनिक गर्नेछु ।’

Voters gave Mahavir Pun election expenses

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस