२०८२ पौष २६, शनिबार

पोखरा

पोखरामा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

पोखरा महानगरपालिमा एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पोखरामा वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

पुस २५, पोखरा / पोखरा महानगरपालिमा एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शुक्रबार वडा कार्यालयमा ताला लगाउन आएका स्थानीयसँग विवाद भएपछि उनले खुकुरी निकालेर प्रतिवाद गर्न खोजेको प्रत्यक्षदर्शीहरूले बताए ।

सोही क्रममा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । स्थानीयले पोखरा ३३ मा ल्याण्डफिल साइट बनाउन नहुने मागसहित वडा कार्यालयमा आज नै ताला लगाइदिएका छन् । यसबारे बुझ्न खोज्दा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

‘थप स्थिति जटिल नहोस् भनेर हामीले अध्यक्षज्यूलाई उहाँकै सुरक्षाका लागि नियन्त्रणमा लिएका छौँ । खुकुरीको विषयमा प्रमाण हेरेर मात्रै बोल्न मिल्छ,’ कास्कीका प्रहरीका प्रवक्ता हरीबहादुर बस्नेतले भने।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस