२०८२ अषाढ १७, मंगलबार

धनगढीमा कोठाभित्र मृत भेटिइन् खानेपानीकी कर्मचारी

डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी मृत भेटिएकी हुन् ।
धनगढीमा कोठाभित्र मृत भेटिइन् खानेपानीकी कर्मचारी

९ असार काठमाडौँ / धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी राजकुमार सिंहका अनुसार सोमबार बिहान डेराबाट दुर्गन्ध आएको भन्न सूचना पाएपछि प्रहरी उक्त घरमा पुगेको थियो ।

प्रहरीले उक्त कोठामा लगाएको ताला तोडेर ढोका खोलेर हेर्दा भित्र रेणुकाको शव भेटेको हो । कोठा भित्र शब फेला परेको छ भने बाहिरबाट ताल्चा लागेको अवस्था थियो, उनले भने ‘ बिहान सात बजेतिर घरको कोठाबाट गन्ध आउन थाल्यो भन्ने खबर भएपछि प्रहरीले पुगेर ढोका फोडेर हेर्दा युवतीको शव फेला परेको हो,’ डिएसपी सिंहले भने ।
मृत भेटिएकी चौधरी खानेपानीकी मिटर रिडिङ कर्मचारी हुन् । उनको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरवस्ती हो । जागिरकै लागि उनी बैयाबेहडीमा डेरा गरी बस्दै आएको खुलेको छ ।

उनको हत्या भएको हुन सक्ने प्रहरीको आकलन छ । डिएसपी सिंहले शबमा घाँटी र चिउडोमा घाउ खतहरु रहेको बताए । ती घाउ र खतहरुको प्रारम्भिक विश्लेषणबाट चौधरीको हत्या भएको पूर्वअनुमान गरिएको सिंहले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस