२०८२ श्रावण २१, मंगलबार

ललितपुरमा घाँटी थिचेर पत्नीको हत्या, आरोपी पक्राउ

ललितपुरमा घाँटी थिचेर पत्नीको हत्या, आरोपी पक्राउ

१८ साउन / काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ थानकोट घर भई हाल ललितपुरको गोदावरी नगरपालिका– १४ ठैब बस्दै आएका ४६ वर्षीय निरोज कुमार खड्गीले श्रीमती ४६ वर्षीया सुस्मिता खड्गीको हत्या गरेका हुन् ।

आइतबार बिहान उनीहरू बस्दै आएको टहरोमा सुस्मिताको शव फेला परेको प्रहरी परिसर ललितपुरले जनाएको छ । निरोजले घाँटी थिचेर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस