२०८२ भाद्र २३, सोमबार

वीरगञ्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ

वीरगञ्जस्थित रजतजयन्ती चोक नजिक एकै युवतीमाथि गोली प्रहार भएको छ ।
वीरगञ्जमा युवतीमाथि गोली प्रहार, एक जना पक्राउ

२३ भदौ, काठमाडौं  / वीरगञ्जस्थित रजतजयन्ती चोक नजिक एकै युवतीमाथि गोली प्रहार भएको छ । भारत घर भएकी करिब १८ वर्षीया निशाकुमारीमाथि नेपाल–भारत सीमा नजिकै वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा सोमबार गोली प्रहार भएको हो ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार युवती निशाको गालामा गोली लागेको छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

एसपी मिश्रका अनुसार युवतीमाथि गोली हान्ने व्यक्तिलाई पक्राउ गरिएको छ । भारततर्फ भाग्दै गरेको अवस्थामा भारतको झारखण्ड बस्ने २६ वर्षीय सञ्जीव शर्मालाई नियन्त्रणमा लिइएको उनले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा वीरगञ्जस्थित एक होटलमा खाजा खाने क्रममा विवाद हुँदा निशामाथि गोली हानिएको हो । घटनाबारे अनुसन्धान भइरहेकोले गोली हान्नुको कारण खुल्ने उनले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस