२०८२ आश्विन ३०, बिहिबार

इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ परेकी छिन् ।
इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ

१० असोज, काठमाडौं / इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल छिन् । दुबईमा पक्राउ परेकी उनलाई बिहीबार नेपाल फिर्ता ल्याइएको हो ।

उनीविरुद्ध नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २१ चैत २०८१ मा रेड नोटिस जारी भएको थियो ।
उनी ठगी कसुरका अभियुक्त रहेको प्रहरीले बताएको छ । दाहाललाई मुद्दा सुनसरीमा रहेकाले अनुसन्धानका लागि सुनसरी पठाइएको प्रहरीले बताएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस