२०८२ अषाढ २३, सोमबार

गभर्नर डा. पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १४, मंगलबार
गभर्नर डा. पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

१३ जेठ काठमाडौं / नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । डा. पौडेलको योग्यतामाथि प्रश्न गर्दै रिट दायर भएको हो ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले दायर गरेको रिटको पेसी भोलि बुधबारका लागि तोकिएको छ । दायर रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाइएको छ ।

रिटमा गभर्नर पौडेलले नोटमा हस्ताक्षर गर्ने भएकाले त्यसलाई समेत रोक्न अन्तरिम आदेश माग गरिएको छ । थापा र उप्रेतीले यसअघि पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस