२०८२ अषाढ ८, आईतबार

नेवा:देयदवु अधिवेशन अन्योल

नेवा: देय दवुका अध्यक्ष बन्दसत्रबाटै भागे अधिवेशन अन्योल ५ सय प्रतिनिधि अलपत्र

नेवा: देय दवुको अध्यक्ष बन्दसत्रबाटै भागे पछि प्रतिनिधि अलपत्र
नेवा: देय दवुका अध्यक्ष बन्दसत्रबाटै भागे अधिवेशन अन्योल ५ सय प्रतिनिधि अलपत्र

४ जेष्ठ, नवलपुर/ नेवार समुदायको राष्ट्रिय संगठन नेवा: देय दवुको अधिवेशन बन्दसत्रमा आएर रोकिए पछि ७७ जिल्लाबाट आएका प्रतिनिधि अलपत्र परेका हुन । नेवा: देयदवुको ८ औं महाधिवेशन गण्डकी प्रदेशको नवलपुर जिल्लाको डण्डामा भएको उद्घाटन सत्र र अमलटारी मध्यबर्ती सामुदायिक होमस्टे थारु कल्चर हलमा भएको बन्द सत्र कार्यक्रम संचालन गरेको केहि समय पछि रोकिएको थियो ।

drishtinepal

रोकिएको बन्दसत्र संचालन हुने आशामा बसेका प्रतिनिधि राती अबेर सम्म पनि कार्यक्रम संचालन हुन सकेन । रोकिएको कार्यक्रम संचालन हुने नहुने कुनै सुचना समेत नेवा: देयदवुले नदिए पछि चुन्न चुनाउन आएका प्रति निधि ४ गते बिहानबाट घर फर्किन थालेका हुन ।
नेवा:देयदवुका अध्यक्ष पबित्रमान बज्राचार्य एकाएक बन्दसत्रको कार्यक्रम स्थलबाट प्रमुख जिल्ला अधिकारीले बोलाएको छ भन्दै निस्किए थिए । निस्किएका अध्यक्ष कार्यक्रम स्थल नै नफर्की आफु बसेको थारु रिसोर्टबाट काठमाडौ भागेको उपस्थित प्रतिनिधिहरुले बताए ।
नेवा: देयदवुको ८ औं राष्ट्रिय अधिवेशन जेष्ठ २ र ३ गते
भएको कार्यक्रममा देशभरबाट ५ सय प्रतिनिधिमा ४ सय १२ जना प्रतिनिधि उपस्थित थिए । प्रत्येक एक जना प्रतिनिधिबाट ४ हजार रकम समेत असुल गरेको थियो । प्रतिनिधिहरुबाट असुल गरेको रकमबाट अध्यक्ष लगाएत केही पदाधिकारी महंगो रिसोर्टमा बसी बिभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुलाई भने खान बस्न समेतको असुविधाले आफु खुशि टाढाको होटलमा बस्न बाध्य भएको उपस्थित प्रतिनिधिहरुको गुनासो थियो ।

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस