
धुनिवेशी, असार १४। धादिङको धुनिवेशी नगरपालिका–९ राना गाउँमा दुर्लभ जङ्गली जनावर फेला परेपछि स्थानीयवासीको सहयोगमा सव डिभिजन वन कार्यालय खानिखोलाबाट गएको रेन्जर सुनिता चौधरी सहितको टोलीले आइतबार उद्धार गरिएको हो।

उद्धार गरिएको जनावरलाई थप संरक्षण तथा पहिचानका लागि सब–डिभिजन वन कार्यालय, खानिखोला मा राखिएको छ। प्रारम्भिक रूपमा तस्बिरका आधारमा उक्त जनावर सिभेट (जङ्गली बिँडालो) को बच्चा हुन सक्ने अनुमान गरिएको भए पनि आधिकारिक पहिचान भने वन कार्यालयले गर्ने जनाएको छ।

स्थानीयका अनुसार बस्ती नजिक देखिएको उक्त जनावरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाइएको हो। वन कार्यालयले जनावरको स्वास्थ्य अवस्था, प्रजाति पहिचान तथा आवश्यक संरक्षणका प्रक्रिया अगाडि बढाएको जनाएको छ।