
असार १८, कर्णाली । बिहीबार बिहान साढे ११ बजेतिर कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी बेलुकीसम्म खोज तलास गर्दा फेला पर्न सकेको छैन।
वर्षाका कारण कर्णाली नदीको पानी पुरै धमिलो बन्नु, जलसतह बढ्नु जस्ता कारणहरूले नदीमा खसेको गाडी पूरै डुबेको अवस्थामा हुनुले दिनभर जसो गोताखेरले खोजी गर्दा पनि फेला पर्न सकेन।
घटनास्थलमा खटिएका दैलेखका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ऋषिराज गौतम हरिजनले सुर्खेतबाट आएका सशस्त्र प्रहरीका ६ जना गोताखोरहरूले दिनभर खोजी गर्दा पनि गाडी फेला पर्न नसकेको बताए।
दुर्घटना स्थलको भीरमा अचेत अवस्थामा फेला परेका एक जना अन्दाजी ३५ वर्षीय युवालाई जिल्ला अस्पताल दुल्लु पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवनकुमार विकले बताए।
सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा खसेको थियो।