
असार१८, काठमाडौं । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्दीकरणको अनुसन्धानमा थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।