२०८३ अषाढ १३, शनिबार

दुर्घटना

आफैंले चलाएको नगरपालिकाको जिप दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख मीनराज राना मगरको मृत्यु

उप मेयरको ज्यान गयो
आफैंले चलाएको नगरपालिकाको जिप दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख मीनराज राना मगरको मृत्यु

असार १३,प्यूठान | प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको स्वर्गद्वारी नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा पर्दा ५० वर्षीय उपप्रमुख राना मगरको ज्यान गएको हो।
प्राप्त जानकारीअनुसार, उपप्रमुख राना मगर आफैंले जिप चलाइरहेका बेला स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला क्षेत्रमा दुर्घटना भएको थियो। दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि लैजाने प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भएको बताइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस