५ असार, सिधुपाल्चोक/ चामुण्डा माध्यमिक विद्यालय जोरपाटी, काठमाडौँले बुधबार एक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार” कार्यक्रम मेलम्चीमा सम्पन्न भएको हो ।
मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख उमा प्रधान निवर्तमान जिल्ला समन्वय समिति प्रमुख श्री कृष्ण गोपाल तामाङ शिक्षा अधिकृत सुदिनराज बुढाथोकी शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडा लगायत मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती गाउँपालिकामा रहेका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सामुदायिक विद्यालयहरू बीचको आपसी सहकार्य, शिक्षा क्षेत्रमा देखिएका सफल अभ्यासहरूको आदान–प्रदान तथा स्थानीय तहहरूसँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले महत्वपूर्ण छलफल र अन्तर्क्रिया गरेको आयोजक विद्यालयले जनाएको छ।
तस्बिर ……