२०८३ जेष्ठ २१, बिहिबार

शुक्लाफाँटा निकुञ्ज

शुक्लाफाँटा निकुञ्ज बाहिर पटकपटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत भएका छन् ।
शुक्लाफाँटा निकुञ्ज बाहिर पटकपटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित

फागुन ८, कञ्चनपुर/शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय त्रसित भएका छन् भने प्रशासनले सबैलाई सतर्क रहन आग्रह गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका पाटेबाघ बस्तीमा पसेर घरपालुवा चौपाया मार्न थालेपछि स्थानीय भयभीत भएका हुन् । त्रिशक्ति उपभोक्ता समितिले पनि उनीहरुलाई सचेत रहन आग्रह गरेको छ ।

बाघ बस्तीमा आउन थालेपछि निकुञ्ज वरपरका स्थानीयलाई राति हिँडडुल नगर्न, हिँड्नै परेमा समूहमा पर्याप्त उज्यालो (टर्च लाइट) लिएर मात्र निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यानहरू सफा राख्न अनुरोध गरिएको समितिका अध्यक्ष दमनबहादुर चन्दले बताए ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस