२०८३ कार्तिक १७, सोमबार

ग्यास उद्योग गाभ्ने प्रक्रिया

नेपालमा ५८ ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

नेपालका ५८ ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम
नेपालमा ५८ ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

१६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने भएको हो ।

हाल नेपालमा विभिन्न ब्रान्डका ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगलाई गाभ्ने नीतिलाई प्रोत्साहन गर्दै निगमले गत १२ कात्तिकमा सबै ग्यास उद्योगलाई पत्राचार गरेको छ ।

निगमले उद्योगहरूलाई एकआपसमा गाभ्ने सम्बन्धमा आवश्यक कार्ययोजना तयार गरी प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको जनाएको छ ।

निगमका अनुसार उद्योग गाभ्ने नीतिले ग्यासको बिक्री वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।drishtinepal

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस