२०८३ कार्तिक १७, सोमबार

चाडपर्व लक्षित बजार अनुगमन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिवहरूको बैठकको निर्णय

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिवहरूको निर्णय
चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिवहरूको बैठकको निर्णय

१६ कात्तिक, काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको नियमित बैठकले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजारमा हुने कालोबजारी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयलाई कडाइका साथ प्रस्तुत हुन निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले सरकारी सेवा प्रवाह चुस्तदुरुस्त भए नभएको विषयमा समेत अनुगमन गर्ने निर्णय गरेको छ । सरकारी कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी र नागरिकमैत्री बनाउन आवश्यक निगरानी गर्ने विषयमा पनि छलफल भएको एक सचिवले जानकारी दिए ।

मुख्यसचिवको नेतृत्वमा बस्ने सचिवहरूको यो नियमित बैठक हो । सामान्यतया महिनाको पहिलो सोमबार बस्ने बैठक दसैँ बिदाका कारण यसपटक सोमबार बसेको हो ।

बैठकमा बजार अनुगमन, कालोबजारी नियन्त्रण, सरकारी सेवा प्रवाहलगायत समसामयिक विषयमा छलफल भएको एक सचिवले बताए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस