२०८३ कार्तिक १७, सोमबार

काठमान्डु गोर्खाज र कर्णाली याक्स

काठमान्डु गोर्खाजले टस जित्यो, कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो

काठमान्डु गोर्खाजले टस जित्यो, कर्णालीविरुद्ध वार्नर पहिलो रोजाइमा
काठमान्डु गोर्खाजले टस जित्यो, कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

आजको खेलमा अष्ट्रेलियाका चर्चित खेलाडी डेभिड वार्नर काठमान्डु गोर्खाजको पहिलो रोजाइमा खेल्दैछन् । उनी साम हिजलेटको स्थानमा टोलीमा समावेश भएका हुन् ।

काठमान्डुले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा वार्नर, सन्तोष यादव र देव शाहले पहिलो रोजाइमा अवसर पाएका छन् ।

यस्तै, कर्णाली याक्सले पनि टोलीमा एक परिवर्तन गरेको छ । बंगलादेशका अकबर अलीको स्थानमा जिशान अलामलाई पहिलो रोजाइमा समावेश गरिएको छ ।

कर्णालीले यसअघि खेलेका दुवै खेल जित्दै ४ अंक जोडिसकेको छ । आजको खेल जित्दै लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा कर्णाली रहेको छ ।

यता, काठमान्डु गोर्खाज भने पहिलो खेलमा जनकपुरसँग पराजित भएको थियो । आज कर्णालीलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यसहित काठमान्डु मैदानमा उत्रिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस