२०८३ कार्तिक २१, शुक्रबार

१२ दिनअघि एमालेसँग तत्काल एकता नहुने बताएका प्रचण्डले अहिले सबै कम्युनिस्ट घटकलाई एकतामा आउन आग्रह गरे

गत वर्ष जेनजी आन्दोलनको बलमा सत्ताच्यूत भएको एमाले र विपक्षमा रहेको साबिक वामपन्थी घटक मिलेर बनेको नेकपाले फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा ठुलो धक्का बेहोर्‍यो । चुनावमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक सिट जितेर सरकार बनाएपछि यी दुई ठुला दल सत्ताबाट किनारामा धकेलिएका थिए । संघमा एकसाथ सत्ता गुमाएका एमाले र नेकपाले गत साउन ९ गते प्रदेशमा सत्ता सहकार्यसम्बन्धी सहमतिमा हस्ताक्षर गरे । उक्त सहमति तत्कालका लागि आगामी स्थानीय तहसम्म सहकार्यका लागि गरिएको भए पनि चुनावी परिणामा राम्रो आएमा एकतासम्मको तयारी हुने राजनीतिक वृत्तमा चर्चा गरिएको थियो । नेकपाका प्रवक्ता प्रकाश ज्वालाले अहिले एमालेसँग एकताको कुनै सम्भावना नदेखिएको स्पष्ट पारेका छन् । ‘राष्ट्रिय मुद्दामा कम्युनिस्ट, वामपन्थी लगायत देशभक्त शक्तिहरूसँग सहकार्य गरेर जाने पार्टीको नीति हो । पार्टीको निर्णय अनुसार नै एमालेसँग सत्ता सहकार्य गरेका हौँ’, ज्वालाले भने, ‘तत्काल एमालेसँग एकता हुने सम्भावना छैन । अहिले सहकार्य गरेका छौँ । आगामी स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट घटकहरूबिच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । चुनावी परिणाम राम्रो आएमा एमालेसँग एकता पनि हुन सक्छ ।’ एमालेका सचिव महेश बस्नेतले जेनजी घटनाले एमाले र ओलीलाई मात्रै कमजोर बनाउँछ भन्ने बुझाइमा रहेका कांग्रेसका सभापति गगन थापा र प्रचण्ड अहिले सहकार्यको बाटोमा अगाडि बढेकोमा खुसी व्यक्त गरेका छन् । ‘२३–२४ पछिको राजनीतिक घटनाक्रम, देशी, विदेशी हस्तक्षेप र राज्यका संस्थागत संरचनामाथि परेको दबाबले मुलुकको भविष्यप्रति सबैलाई गम्भीर बनाएको देखिन्छ’, बस्नेतले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘अब व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास सुरू भएको छ । यो राम्रो पक्ष हो ।’ २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि पहिलो पटक ओली र प्रचण्डबिच सत्ता सहकार्य भएको थियो । तर, नौ महिनामै प्रचण्डले ओली सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाएका थिए । २०७४ सालमा प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव अगाडि बढाएका थिए । निर्वाचनपछि ओलीलाई प्रधानमन्त्री बनाउने सर्तमा त्यतिबेला चुनावी गठबन्धन बनाउन आफू राजी भएको प्रचण्डले जिकिर गरेका छन् । एकता घोषणा कार्यक्रममा उनले ५०औँ वर्ष सत्ता सञ्चालन गर्नेगरी दुई पार्टीबिच एकता र सहकार्य गरिएको भए पनि ओलीको अहंकारका कारण विघटन भएको आरोप लगाए । त्यतिबेला एमाले–माओवादी केन्द्रको कम्युनिस्ट गठबन्धनले प्रतिनिधि सभामा दुई तिहाइ नजिक सिट हासिल गरेको थियो । पूर्वसहमति बमोजिम ओली प्रधानमन्त्री भएका थिए । २०७५ साल जेठ ३ गते दुई पार्टीबिच एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । ओली–प्रचण्डबिच सत्ता र शक्ति संघर्षका कारण तीन वर्ष नपुग्दै पार्टी विघटन भएको थियो । सर्वोच्च अदालतको परमादेश अनुसार २०७८ असारमा ओली सरकार ढल्यो । २०७९ सालको निर्वाचनपछि एमाले र माओवादी केन्द्रबिच फेरि सत्ता सहकार्य भए पनि लामो समय टिक्न सकेन । इतिहासका यिनै पृष्ठभूमिका कारण तत्काल एमाले र नेकपाबिच एकता नहुने दुवै दलका नेताहरू बताउँछन् । आगामी चुनावसम्म सहकार्य गर्दै जाने, त्यतिन्जेल सकारात्मक वातावरण र आपसी सम्बन्धमा विश्वासिलो आधार बनेमा पार्टी एकताको प्रक्रियामा अघि बढ्ने उनीहरू बताउँछन् ।

एमालेसहित सबै कम्युनिस्टलाई एकतामा आउन प्रचण्डको अपिल

१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित सबै कम्युनिस्ट पार्टीलाई एकता प्रक्रियामा जोडिन अपिल गरेका छन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले देश संकटमा रहेको भन्दै सम्पूर्ण कम्युनिस्ट घटकलाई एकताबद्ध हुन आग्रह गरेका हुन् ।

एमालेसँग तत्काल पार्टी एकता सम्भव नभएको अभिव्यक्ति दिएको १२ दिनमै प्रचण्डले आफ्नो धारणा परिवर्तन गर्दै सबै कम्युनिस्ट पार्टीलाई एकताको अभियानमा जोडिन आह्वान गरेका छन् ।

‘एमालेदेखि हिजो माओवादी धारामा रहेका सबै समूहलाई एकताबद्ध बनाउने जिम्मेवारी हामी सबैको काँधमा छ । केपी ओली, मोहनविक्रम, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत सबै बाँकी कम्युनिस्ट समूह एकताबद्ध हुनुपर्ने आजको देशको आवश्यकता बनेको छ । देश संकटमा छ । विगतमा सहकार्य गरेका ती सबैलाई एकताको महाअभियानमा जोडिन आग्रह गर्न चाहन्छु,’ प्रचण्डले भनेका थिए ।

यसअघि कात्तिक ७ गते पेरिसडाँडामा आयोजित राष्ट्रिय जागरण अभियान घोषणा कार्यक्रममा उनले एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका थिए ।

‘अहिले तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना छैन । इतिहास, पृष्ठभूमिलगायत धेरै कुरामा समीक्षा गर्नुछ,’ उनले त्यतिबेला भनेका थिए, ‘हामी त्यस्तो पार्टी हो, जसले विगतमा सकेसम्म धेरै राम्रो गर्न खोजेका थियौँ । गर्दागर्दै पनि भएका कमजोरी इमानदारीपूर्वक जनताका अगाडि स्वीकार गरेका छौँ । अरू पार्टी गल्ती भन्नेसमेत सुन्न सक्दैनन् । आत्मसमीक्षा भन्ने उनीहरूको डायरीमा हुँदैन ।’

२६ घटकबाट बनेको नेकपामा उमा भुजेलको पार्टी थपिएपछि २७ पुग्यो

माओवादीका पूर्वकार्यकर्ता उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गरेपछि प्रचण्डले आफू नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी नै मूल पार्टी भएको दाबी गरेका छन् ।

उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत २६ वामपन्थी घटकबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो । उमा भुजेल नेतृत्वको पार्टी थपिएपछि एकीकृत घटकको संख्या २७ पुगेको छ ।

‘अब चार–पाँच घटक थपिएपछि सम्पूर्ण कम्युनिस्टहरूको एउटै पार्टी बन्छ । यी सबै मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । यसैभित्र हामी सबैको विचार र भावना अटाउने र त्यसलाई अगाडि बढाउने संकल्प लिएका छौँ,’ उनले भने ।

गत वर्ष जेनजी आन्दोलनपछि सत्ताच्युत भएको एमाले र विपक्षमा रहेका तत्कालीन वामपन्थी घटक मिलेर बनेको नेकपाले फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा ठूलो धक्का बेहोरेका थिए ।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक सिट जितेर सरकार बनाएपछि यी दुई ठूला दल सत्ताबाट बाहिरिएका थिए ।

संघीय सत्ता गुमाएका एमाले र नेकपाले गत साउन ९ गते प्रदेशमा सत्ता सहकार्य गर्ने सहमतिमा हस्ताक्षर गरेका थिए । उक्त सहमति तत्कालका लागि आगामी स्थानीय तह निर्वाचनसम्म सहकार्य गर्ने उद्देश्यले गरिएको थियो । निर्वाचनको परिणाम अनुकूल आएमा पार्टी एकतासम्म पुग्न सक्ने राजनीतिक वृत्तमा चर्चा हुँदै आएको छ ।

तर, नेकपाका प्रवक्ता प्रकाश ज्वालाले भने अहिले एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

‘राष्ट्रिय मुद्दामा कम्युनिस्ट, वामपन्थीलगायत देशभक्त शक्तिहरूसँग सहकार्य गरेर जाने पार्टीको नीति हो । पार्टीको निर्णयअनुसार नै एमालेसँग सत्ता सहकार्य गरेका हौँ,’ ज्वालाले भने, ‘तत्काल एमालेसँग एकता हुने सम्भावना छैन । अहिले सहकार्य गरेका छौँ । आगामी स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट घटकहरूबीच चुनावी तालमेल गरेर जाने सहमति भएको छ । चुनावी परिणाम राम्रो आएमा एमालेसँग एकता पनि हुन सक्छ ।’

ओली–प्रचण्ड सहकार्यलाई महेश बस्नेतले सकारात्मक भने

एमालेका सचिव महेश बस्नेतले कांग्रेस सभापति गगन थापा र प्रचण्ड सहकार्यको बाटोमा अगाडि बढेको विषयलाई सकारात्मक रूपमा लिएका छन् ।

जेनजी आन्दोलनपछि एमाले र अध्यक्ष केपी शर्मा ओली मात्रै कमजोर हुने बुझाइ राख्नेहरू अहिले सहकार्यको बाटोमा अघि बढेको भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

‘२३–२४ पछिको राजनीतिक घटनाक्रम, देशी–विदेशी हस्तक्षेप र राज्यका संस्थागत संरचनामाथि परेको दबाबले मुलुकको भविष्यप्रति सबैलाई गम्भीर बनाएको देखिन्छ,’ बस्नेतले फेसबुकमा लेखेका छन्, ‘अब व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास सुरु भएको छ । यो राम्रो पक्ष हो ।’

ओली–प्रचण्डको एकता र विगतको सत्ता संघर्ष

२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि पहिलोपटक केपी शर्मा ओली र प्रचण्डबीच सत्ता सहकार्य भएको थियो । तर, नौ महिनामै प्रचण्डले ओली नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाएका थिए ।

२०७४ सालको निर्वाचनअघि प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव अघि बढाएका थिए । निर्वाचनपछि ओलीलाई प्रधानमन्त्री बनाउने सर्तमा आफू चुनावी गठबन्धन बनाउन राजी भएको प्रचण्डले बताउँदै आएका छन् ।

एकता घोषणा कार्यक्रममा उनले ५०औँ वर्षसम्म सत्ता सञ्चालन गर्ने लक्ष्यसहित दुई पार्टीबीच एकता र सहकार्य गरिएको भए पनि ओलीको अहंकारका कारण एकता विघटन भएको आरोप लगाए ।

त्यतिबेला एमाले–माओवादी केन्द्रको गठबन्धनले प्रतिनिधिसभामा दुई तिहाइ नजिक सिट हासिल गरेको थियो । पूर्वसहमतिअनुसार ओली प्रधानमन्त्री बनेका थिए । २०७५ साल जेठ ३ गते दुई पार्टीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो ।

तर, ओली र प्रचण्डबीच सत्ता तथा शक्ति बाँडफाँटमा विवाद बढेपछि तीन वर्ष नपुग्दै पार्टी विभाजन भएको थियो ।

सर्वोच्च अदालतको परमादेशपछि २०७८ असारमा ओली नेतृत्वको सरकार ढलेको थियो । २०७९ सालको निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पुनः सत्ता सहकार्य भए पनि त्यो लामो समय टिक्न सकेन ।

यही विगतका कारण तत्काल एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच एकता हुने सम्भावना नरहेको दुवै दलका नेताहरू बताउँछन् । आगामी निर्वाचनसम्म सहकार्य गर्दै जाने र त्यसबीचमा सकारात्मक वातावरण तथा आपसी विश्वासको आधार बने पार्टी एकताको प्रक्रियामा अघि बढ्न सकिने उनीहरूको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस