२०८२ फागुन २९, शुक्रबार

बार्षिक उत्सव

ज्वालमुखी बिधालयको ३६ औं बार्षिक उत्सव, अभिभावकले पाए सम्मान

ज्वालमुखी बिधालयको ३६ औं बार्षिक उत्सव, अभिभावकले पाए सम्मान

११,माघ,धादिङ/ ज्वालामुखि आधाभुत बिधालयले ३६ औं बार्षिक उत्सव शनिवार एक कार्यक्रम गरी मनाएको छ । धुनिवेशि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

drishtinepal

बार्षिक उत्सव कार्यक्रममा उत्कृष्ट बिद्यार्थीहरुका अभिभावकलाई समेत यस बिधालयले सम्मान गरेको छ । बिधालयको समय भन्दा वढि समय बिद्यार्थीहरु अभिभावक संग रहने र अभिभावकको ठुलो भुमिकाले विद्यार्थी उत्कृष्ट हुने हुदा उत्कृष्ट बिद्यार्थीका अभिभावकलाई बिधालयले दौसल्ला ओडाएर सम्मान गरेको हो । समानित हुने अभिभावक सुकुमाया रोक्का, भिम बहादुर शाही, बिश्वता तामाङ, रामकुमार रोक्का,छन । भने बिभिन्न बिधामा उत्कृष्ट हुने बिद्यार्थी र शिक्षकहरुलाई पनि सम्मान गर्नुको साथै शिक्षक अर्जुन आचार्यलाई पनि बिदाई गरेको छ । ज्वालामुखी आधाभुत बिधालयमा करिव १ बर्ष ६ महिना अध्ययन गराउदै आउनु भएका शिक्षक आचार्य भाद्र देखी खैरेनी आधारभुत बिधालय सरुवा भएका हुन सरुवा हुनु भएका अर्जुन आचार्यलाई बार्षिक उत्सव अबसरमा बिदाई गरेको थियो।

drishtinepal

ज्वालामुखी आधाभुत बिधालय २०४६ सालमा स्थापना भै कक्षा १ देखि ४ सम्म स्थापनाकालमा कक्षा संचालन भै हाल कक्षा शिशु कक्षा देखि ८ सम्म संचालन रहेको छ जहा १ सय १४ छात्र छात्र अध्ययन रहेका छन् । जुन सामुदायिक बिधालयहरुमा बिद्यार्थीहरुको संख्या कम हुनु ज्वालामुखी आधाभुत बिधालय मात्र होइन अन्य सामुदायिक बिधालयहरुको प्रमुख समस्या नै हो तर बिद्यार्थी संख्या कम हुनुमा बस्ती स्थानतरणका साथै जन्मदर कमी देखासिकीमा निजि बिधालयमा भर्ना बिधालयका शिक्षक शिक्षिका र बिधालय ब्यबस्थापन अध्यक्ष समेत नै निजि बिधालयमा छोरा छोरी भर्ना लगायतका कारण सामुदायिक बिधालयमा बिद्यार्थीको संख्या कमि हुनु हो । त्यसैले सामुदायिक बिधालयमा विद्यार्थी संख्या वृद्धि गर्नका लागि सरकारी नोकरी शिक्षक शिक्षिक ब्यबस्थापन अध्यक्षले आफ्ना छोराछोरीलाई अध्यापन गराउन सकिएन र गुणस्तरमा सुधार गर्न सकिएन भने जति सुकै रटान रटे पनि पनि सार्थक पाउने छैन ।

तस्बिर

drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal

 

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस