२०८३ कार्तिक १९, बुधबार

दीपक भट्ट

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सुरु

दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सुरु
दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
भट्टका बाबु चतुर्भुज भट्टले दर्ता गराएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।
यसअघि गत कात्तिक १३ गते न्यायाधीशद्वय सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त निवेदन पेसीमा चढेको थियो। तर, हेर्न नभ्याइने भएपछि त्यस दिन सुनुवाइ हुन सकेको थिएन।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले गत असार ३ गते दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवैलाई थुनामा राख्ने निर्णय गरेको थियो।
उक्त आदेश गैरकानुनी भएको दाबीसहित गत असोज ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो।
यसअघि असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलगायतका विपक्षी निकायलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

यो पनि

ताजा अपडेट

३ घण्टा अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस