२०८३ कार्तिक १९, बुधबार

मझिमटार फुट ओभरब्रिज

पृथ्वी राजमार्गको मझिमटारमा बन्दै फुट ओभरब्रिज, पैदलयात्रीलाई सहज हुने

पृथ्वी राजमार्गको मझिमटारमा बन्दै फुट ओभरब्रिज
पृथ्वी राजमार्गको मझिमटारमा बन्दै फुट ओभरब्रिज, पैदलयात्रीलाई सहज हुने

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा फुट ओभरब्रिज निर्माण भइरहेको छ।
मुग्लिन–काठमाडौं सडकखण्डको व्यस्त राजमार्गमा पैदलयात्रीको सुरक्षित आवागमनलाई सहज बनाउने उद्देश्यले फुट ओभरब्रिज निर्माण कार्य अघि बढाइएको हो।
फुट ओभरब्रिज निर्माण सम्पन्न भएपछि पैदलयात्रीलाई सवारीसाधनको चाप रहेको सडकमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
यसले सडक वारपार गर्दा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।
राजमार्गमा पैदलयात्रीको सुरक्षाका लागि फुट ओभरब्रिज निर्माणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

यो पनि

ताजा अपडेट

४१ मिनेट अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस