
मोरङ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब २५ लाख रुपैयाँबराबरको सयपत्री फूलका तयारी माला मोरङमा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बलले ग्लोबल र राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी भइरहेको अवस्थामा उक्त अवैध सयपत्री माला नियन्त्रणमा लिएको हो।
प्रारम्भिक विवरणअनुसार बरामद गरिएको मालाको बजार मूल्य करिब २५ लाख रुपैयाँ रहेको छ।
भारतबाट अवैध रूपमा भित्र्याइएका फूलका मालाहरू नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।