
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्रीले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप विस्तार र सुदृढ बनाउने विषयमा छलफल भएको छ।
भेटमा दुई देशबीच लामो समयदेखि कायम रहेको मित्रतापूर्ण सम्बन्धलाई थप मजबुत बनाउने, आपसी सहकार्य विस्तार गर्ने तथा साझा हितका विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन्। उनको नेपाल भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय संवाद र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।