नेवा:देय दबु धुनिबेशिको आयोजनमा न्हु दँया भिंतुना कार्यक्रम सम्पन्न गरेको छ । नेवा:देय दवु धुनिवीशिका अध्यक्ष बाशु श्रेष्ठको अध्यक्षतामा प्रमुख अतिथि धुनिवेशि नगरपालिका नगर उप प्रमुख सुरज उप्रेति र बिशेष अतिथि ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक नन्दराज जोशीको उपस्थित रहेको थियो ।
कार्यक्रम उद्घाटन प्रमुख अतिथि धुनिवेशि नगरपालिका नगर उप प्रमुख सुरज उप्रेतीले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि बिशेष अतिथि र सहभागीहरुले शंखधर साख्वाको तस्वीरमा माल्यापर्ण गर्नु भयो भने नेपाल सम्बत ११४६ र नेवारी समुदायहरुले मनाउदै आएको चाड म्ह:पुजा अबसरमा प्रमुख अतिथि र बिशेष अतिथिले शुभकामना दिनु भएको थियो ।
नेवा: देय दवु नेवार समुदायहरुको साझा संगठ हो जुन संगठनले रितिरिवाज परम्परा संरक्षण गर्दै आएको छ । नेवा: देय दवु धुनिवेशिले केहि बर्ष अघि रक्तदान कार्यक्रम भिंतुना र्याली गर्दै आएको भए पनि यस वर्ष भने शंखधर साख्वाको तस्वीरमा माल्यार्पण गरी मनाएको अध्यक्ष वाशु श्रेष्ठले बताए आगामी बर्ष सामुहिक म्ह:पुजा कार्यक्रम गर्ने पनि बताए ।