१८ श्रावण, सिन्धुपाल्चोक / सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका अति जोखिम रहेको भन्दै पाँचपोखरी थाङपाल गाउँपालिका रात्रीकालिन यात्रा नगर्न गाउँपालिका अध्यक्ष टासी लामाले सामाजिक संझाल फेसवुक मार्फद अनुरोध गर्नु भएको छ । आइतबार दिउसो देखि परेको अविरल बर्षाको कारण खोला नाला लगायत जमिन गलेको हुदा अधिकांंस भु भाग जोखिम रहेको हुदा बेलुका अर्थात रात्रिकालिन यातायात सवार नगर्न अनुरोध गर्नु भएको हो ।