
काठमाडौं । विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका नागरिकले सडकमा दाउरा बालेर भात पकाउँदै विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले सडकमा खाना पकाएर सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न माग गर्दै नाराबाजीसमेत गरेका छन्।
सडकमा दाउरा बालेर भात पकाउँदै गरिएको प्रदर्शनका कारण केही समय यातायातसमेत प्रभावित भएको जनाइएको छ। प्रदर्शनकारीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।