
काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको बाढीबाट उत्पन्न परिस्थितिका साथै समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बोलाएको छ।
कांग्रेसले बोलाएको बैठकमा रसुवाको बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था, खोज तथा उद्धार र राहतका विषयमा छलफल हुने बताइएको छ। साथै पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा विपक्षी दलहरूबीच साझा धारणा बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
बैठकमा सहभागी दलका नेताहरूले बाढीपीडितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने र आवश्यक पहलका विषयमा छलफल गर्ने जनाइएको छ।