२१ बैषाख । मकवानपुर मकवानपुर जिल्लाको थाहा नगरपालिकाले मानव निर्मित ताल निर्माण गरी नगर प्रमुख बिष्णु बहादुर बिष्टले उद्घाटन गरी शुभारम्भ गर्नु भएको छ ।
थाहा नगरपालिकाको उच्च स्थान पर्यटकीय क्षेत्र सिमभन्ज्याङ समुन्द्री सतहबाट २ हजार ४ सय ८८ मिटर हाइटमा निर्माण भएको सो ताल पर्वतीय तालमा बोटिङ संचालनमा आएको छ। जहाँ तिनवटा ताल बन्दै छ पहिलो ताल ५० लाख लागतमा निर्माण सम्पन्न भएको हो ।
तिन वटा ताल निर्माण सम्पन्न हुदा हिउँ पर्दा मात्र पर्यटक पुग्ने सिम भञ्ज्याङ् अब पोखरी र तालको मज्जा लिन आन्तरिक र बाहिय पर्यटक पुग्ने बिश्वास लिएको छ ।