२०८३ अषाढ ७, आईतबार

३.९६ जीपीएसहित विवेक पौडेल बने व्यवस्थापनतर्फ देशकै उत्कृष्ट विद्यार्थी

३.९६ जीपीएसहित विवेक पौडेल बने व्यवस्थापनतर्फ देशकै उत्कृष्ट विद्यार्थी

धादिङ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलअनुसार बागलुङका विवेक पौडेल व्यवस्थापन (Management) संकायतर्फ नेपाल टपर बन्न सफल भएका छन्।

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–२, टुनीबोट निवासी विवेक पौडेलले कक्षा १२ को परीक्षामा ३.९६ जीपीए हासिल गर्दै व्यवस्थापन संकायतर्फ देशकै उत्कृष्ट नतिजा प्राप्त गरेका हुन्। उनी काठमाडौंस्थित काठमाडौं मोडेल माध्यमिक विद्यालय (KMC) का विद्यार्थी हुन्।

यस वर्षको कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको करिब ४० दिनभित्र सार्वजनिक गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये करिब ७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

उत्कृष्ट नतिजापछि प्रतिक्रिया दिँदै विवेकले आफ्नो सफलता निरन्तर मेहनत, समय व्यवस्थापन, अनुशासन र नियमित अध्ययनको प्रतिफल भएको बताएका छन्। उनका अनुसार लक्ष्यप्रति समर्पित भएर निरन्तर प्रयास गरेमा उत्कृष्ट उपलब्धि हासिल गर्न सकिन्छ।

बुवा कोपिलामणि पौडेल तथा आमा सकुन्तला शर्माले पनि विवेकको सफलताप्रति खुशी व्यक्त गर्दै उनको लगनशीलता, अध्ययनप्रतिको प्रतिबद्धता तथा सकारात्मक सोचले यो उपलब्धि सम्भव भएको बताएका छन्।

विवेकको यो सफलताले बागलुङ जिल्लासहित गण्डकी प्रदेशका विद्यार्थीहरूलाई थप प्रेरणा प्रदान गरेको छ। स्थानीय जनप्रतिनिधि, शिक्षक, शिक्षाविद् तथा शुभेच्छुकहरूले उनलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

उच्च शिक्षामार्फत व्यवस्थापन, नेतृत्व तथा उद्यमशीलताको क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्य लिएका विवेकको सफलताले ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि पनि राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गर्न सकिने प्रेरणादायी सन्देश दिएको छ।

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस