साउन ६ रौतहट/ गरुडा नगरपालिका–४ स्थित चपुर–गौर सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय गरुडाका अनुसार चपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको रातो रङको कार चेकजाँचको क्रममा प्रहरी देखेपछि चालकले सवारी साधन लिएर भाग्न खोज्दा झाझपुल नजिकै सडकमै रहेको खाल्टोमा झरेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले गाडीको डिक्की जाँच गर्दा १३ वटा प्लास्टिकका पोकामा लुकाइ छिपाई राखिएको करीब १३३ केजी गाँजा फेला पारेको हो ।
घटनापछि चालक फरार भएका छन् भने उक्त गाडी र बरामद गाँजा इलाका प्रहरी कार्यालय, गरुडाको नियन्त्रणमा राखिएको छ । फरार चालकको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ ।