२०८२ अषाढ २४, मंगलबार

रसुुवाको बाढीमा तीन प्रहरीसहित १५ जना बेपत्ता

रसुवाको बाढीमा १५ जना बेपत्ता भएका छन् ।
रसुुवाको बाढीमा तीन प्रहरीसहित १५ जना बेपत्ता

२४ असार काठमाडौँ / रसुवाको बाढीमा १५ जना बेपत्ता भएका छन् । गएराति ३ बजे चीनतर्फबाट भोटेकोशी नदीमा आएको बाढीमा परी ३ जना प्रहरीसहित १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

६ जना नेपाली कामदार, २ जना नेपाली ड्राइभर, चार जना चिनियाँ कामदार, तीन जना नेपाल प्रहरीसहित १५ जना बेपत्ता भएका छन्,’ उनले भने । प्रजिअ पौडेलले मितेरी पुल पूरै बगाएको बताए ।

’मितेरी पुल सबै लग्यो । नेपाल चीन सम्पर्कबिच्छेद भएको छ,’ उनले भने । उनका अनुसार रसुवागढी भन्सार कार्यालयका यार्डमा राखिएका कति नयाँ विद्युतीय गाडी र मालबाहक कन्टेनर बगाएको भन्ने विस्तृत जानकारी आइसकेको छैन । त्यसको विवरण संकलन भइरहेको उनले बताए ।

बाढी आउँदा फसेका मानिसहरुको उद्धार भइसकेको पनि उनले बताए । केही फसेकाहरू सुरक्षित ठाउँमा छन् उहाँहरूलाई उद्धारका लागि आवश्यक पर्‍यो भने हेलिकप्टर पठाउँछौं । तयारी अवस्थामा छ,’ प्रजिअ पौडेलले भने ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस