२० जेठ काठमाडौँ / पोखराबाट काठमाडौँ र चितवनका लागि २० वटा पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यको लागि पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
पर्यटक सवार १७ वटा गाडी काठमाडौँ र तीनवटा चितवनतर्फ स्कर्टिङ गरिएको उनले बताए । यसैगरी मुक्तिनाथ दर्शन गरि फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौँ पठाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गरेको हो । ती सबारी साधनमा ६ सयभन्दा धेरै यात्रु सवार रहेका डीएसपी थापाले जानकारी दिए ।
यसअघि आइतबार र सोमबार पनि प्रहरीले पोखराबाट पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको थियो ।