२०८२ श्रावण १७, शुक्रबार

नाउपाको केन्द्रीय समिति बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम

नाउपाको केन्द्रीय समिति बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम

९ साउन काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक बोलाउन २० नेताले अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । शुक्रबार नाउपाका पदाधिकारी तथा केन्द्रीय कमिटीका २० सदस्यको उपस्थितमा बसेको बैठकले पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन अल्टिमेटम दिएको हो ।

यसरी अल्टिमेटम दिने नेताहरूमा पुन्न बहादुर बुढा, विपद राम डगौरा, आलोक चौधरी, गंगाराम चौधरीलगायत छन् । पार्टीलाई गतिशील बनाउनका लागि केन्द्रीय समिति बैठक आवश्यक भएपनि रञ्जिताले बोलाउन आनाकानी गरेको उनीहरूको भनाइ छ ।

आजको मितिले २४ घण्टाभित्र उनले बैठक नबोलाए ११ गतेका लागि काठमाडौँमा बैठक बस्ने समेत रञ्जितालाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस