
माघ २७, काठमाडौँ / काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।