२०८३ कार्तिक १२, बुधबार

चक्रवात अर्णव

चक्रवात ‘अर्णव’को प्रभावले बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

चक्रवात ‘अर्णव’को प्रभावले बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
चक्रवात ‘अर्णव’को प्रभावले बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभाव पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ।
कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकाले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्भावित मौसम प्रतिकूलतालाई ध्यानमा राख्दै धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न महाशाखाले अनुरोध गरेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने पर्यटकलाई भ्रमण नगर्न वा सुरक्षित स्थानमा रहन सुझाव दिइएको छ।
यस अवधिमा तापक्रम घटेर चिसो बढ्न सक्ने, पहिरो जाने तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस