२०८३ कार्तिक १२, बुधबार

कलंकी चोरी प्रकरण

कलंकीमा चोरी गर्ने आरोपमा आमा छोरासहित चार भारतीय नागरिक पक्राउ

कलंकीमा चोरी गर्ने आरोपमा आमा छोरासहित चार भारतीय पक्राउ
कलंकीमा चोरी गर्ने आरोपमा आमा छोरासहित चार भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रमा घर तथा फ्ल्याट खाली रहेको मौका पारेर चोरी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आमा छोरासहित भारतको बिहारस्थित समस्तीपुरका चार जना रहेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजुकुमार भन्ने राजु पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्।
उनीहरूले गत कात्तिक ६ र ७ गते कलंकी क्षेत्रका दुईवटा फरक घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दसैँ बिदाको समयमा काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित सांसद उर्मिला थपलियाको डेरामा भएको चोरी घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता खुलेको हो। उक्त डेराबाट आठ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरी गरिएका सुनचाँदीका गरगहना तथा नगदसमेत बरामद गरेको जनाएको छ।
घर तथा फ्ल्याटमा कोही नभएको मौका छोपेर चोरी गरेको आरोपमा पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस