२०८२ अषाढ १७, मंगलबार

गौशालामा ८ सवारी साधन एक आपसमा ठोकियो

यात्रुवाहक बसले अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ८, बुधबार
गौशालामा ८ सवारी साधन एक आपसमा ठोकियो

७ जेठ काठमाडौँ / काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बसले अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा धादिङ घर भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट घर भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङ घर भएका ३७ वर्षीय शैलेन्द्र राई छन् । राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् ।

ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक फरार भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस