२०८२ माघ १, बुधबार

नेपाली ९ जनाको मृत्यु

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली ९ जनाको मृत्यु

भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली ९ जनाको मृत्यु भएको छ ।
भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली ९ जनाको मृत्यु

दाङ, पुस २९ / भारतमा ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली ९ जनाको मृत्यु भएको छ । हिमाचलको सोलन जिल्लास्थित अर्कीमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा परी ९ जना नेपालीको मृत्यु भएको हो । मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेका छन्। गाउँपालिका अध्यक्ष भरत गिरिले घटनाको पुष्टि गरेका छन्।

मृतकहरू स्थानीय धनबहादुर र काशीराम विकका परिवार रहेका छन्। ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीय कविता विक, छोरी १६ वर्षीय राधा विक, १० वर्षीय रेणुका विक र २२ महिनाका राजन विकको मृत्यु भएको हो। त्यस्तै ४७ वर्षीय काशिरामको परिवारमा उनकी श्रीमती ३२ वर्षीय टीका विक, छोरी १२ वर्षीय अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको हो।

वेबइन्डियाका अनुसार १५ वटा भन्दा बढी पसलमा आगलागीबाट क्षति पुगेका छन्। उक्त समाचारमा ९ जना नेपालीहरू आगलागी भएपछि घरभित्रै अड्किएका थिए भनेर उल्लेख गरिएको। पछि निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने भनिएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस