२०८२ बैशाख ७, आईतबार
वायु प्रदूषण

घट्यो देशभरको वायु प्रदूषण, पोखरा अझै अस्वस्थकर

काठमाडौं उपत्यकाको वायु प्रदूषणमा केही कम
घट्यो देशभरको वायु प्रदूषण, पोखरा अझै अस्वस्थकर

२८ चैत काठमाडौं । झन्डै तीन सातायता उच्च रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण बिहीबार केही कम भएको छ । काठमाडौंको उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको वर्षाका कारण वायु प्रदूषण घटेको हो ।

बिहीबार बिहान ११ः३० बजे उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १४० भन्दा कम छ । बुधबार दिउँसोसम्म उपत्यकाका विभिन्न स्थानको एक्यूआई अधिकतम १५० देखि १८० सम्म थियो ।

आज उपत्यकाका शंखपार्क, रत्नपार्कको एक्यूआई क्रमशः १३६ र १२७ मा झरेको छ । यस्तै, ललितपुरका खुमलटार, भैँसेपाटीको एक्यूआई पनि घटेर क्रमशः ८५ र ९० मा झरेको छ । भक्तपुरको एक्यूआई पनि घटेर ९० मा झरेको छ ।

बुधबार अस्वस्थकर बनेका उपत्यकाबाहिरका इलाम, चिनवनको भरतपुर, दाङको देउखुरी र कैलालीको धनगढीमा पनि एक्यूआई घटेर १०० भन्दा कम मापन भएको छ ।
बिहीबार पोखरा सबैभन्दा प्रदूषित छ । सोही समयमा पोखराको एक्यूआई १५६ मापन भएको विभागको तथ्यांक छ । यीबाहेक अन्य स्थानको एक्यूआई ५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस