११ जेठ काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१२ सिकरालमा ६१ वर्षीय शम्भु बुढाथोकीले आफ्नै बुहारी २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
खुकुरी प्रहारबाट पबित्राको मृत्यु भएको खबरपछि प्रहरी चौकी खिम्तीबाट गएको टोलीले उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।