२०८२ अषाढ १९, बिहिबार

धादिङ क्रेन दुर्घटनामा घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु

धादिङ क्रेन दुर्घटनामा घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु

१८ असार, काठमाडौं /  यही असार ९ गते धादिङमा क्रेन दुर्घटना हुँदा घाइते भएका व्यक्तिको उपचारको क्रममा आज बिहान काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा क्रेनमा सवार काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने ३३ वर्षीय जयराम तिमिल्सिना छन् । उनको आज असार १८ गते बिहान ३ः४० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत असार ९ गते साँझ करिब ५ बजे धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ६ गोलाङटारमामा बा २ ख ६४९० नम्बरको क्रेन आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो । दुर्घटनामा चालकसहित राजु बिडारीसहित चार जना घाइते भएका थिए । मकवानपुरको थाहा नगरपालिका ६ बस्ने चालक बिडारीलाई धादिङबेसी अस्पतालमा उपचारपछि डिस्चार्ज भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । अन्य घाइतेहरु पर्साको वीरगञ्ज उपमहानगरपालिका १५ बस्ने १८ वर्षीय रियाज खान र सोही ठाउँका २० वर्षीय ओमराज राम उपचारपछि डिस्चार्ज भइसकेका छन् । उनीहरुको हातखुट्टामा चोट लागेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस