२०८२ अषाढ १९, बिहिबार

जिल्ला अदालतमा दिलभूषण पाठकको बयान सुरु

जिल्ला अदालतमा दिलभूषण पाठकको बयान सुरु

१९ असार काठमाडौं / काठमाडौं जिल्ला अदालतमा बिहीबार (असार १९) पत्रकार दिलभूषण पाठकको बयान थालिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान सुरु गरिएको हो ।

बयानपछि त्यही इजलासमा आजै पाठकको थुनछेक बहस हुनेछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै सोमबार (असार १६) मुद्दा दायर गरेको थियो ।

उक्त दफाअनुसार एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । गएको जेठ २८ गते पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस