२७ असार काठमाडौं / नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू ऊर्जामन्त्री दीपक खड्काको विरोधमा उत्रिएका छन् । उनीहरूले प्राधिकरण सञ्चालक समितिको बैठक अवरुद्ध गर्ने चेतावनी पनि दिएका छन् ।
मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशकको अधिकार कटौती गर्न खोजेको आरोप लगाएका छन् । यस्तै, मनोमानी ढगबाट सञ्चालक समिति सञ्चालन गर्न खोजेको उनीहरूको आरोप छ ।
“कार्यकारी निर्देशकलाई सहज गराउने गरी सञ्चालक समितिको बैठक बसी निर्णय गर्नुपर्नेमा सो नगरी बहुमत सदस्यको सहयोग लिएर कार्यकारी निर्देशकलाई अप्ठेरो पार्ने गरी बैठक बस्ने गरेको । सञ्चालक समितिको बैठकमा पेस हुने एजेन्डा कार्यकारी निर्देशकले सञ्चालक समिति अध्ययक्षको परामर्शमा तय गर्नुपर्नेमा मन्त्रालयबाट सोझै तोकादेश भई एजेन्डा बन्ने गरेको । सञ्चालक समितिको बैठकमा एजेन्डा प्रस्तुत गर्ने अधिकारी नै कार्यकारी निर्देशक हो । नियमिततर्फको एजेन्डा भन्दा विविधमा आफूअनुकूलका एजेन्डा मन्त्री र सचिवमार्फत ल्याइने गरेको,“ उनीहरूले भनेका छन् ।
कार्यकारी निर्देशकलाई दबाब दिएर सञ्चालक समितिबाट निर्णय गराई जेठ मसान्त तथा मिति नै तोकेर असार २२ गते सरुवा गर्ने भनी निर्णय गराएको उनीहरूको छ ।