२९ असार काठमाडौं / काठमाडौं महानगरपालिकाको बजेट यही असार ३२ गते पारित गरिने भएको छ । त्यसका लागि महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले नगरसभा बैठक बोलाएका छन् ।
महागरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट पेस गरेकी हुन् ।