२०८२ श्रावण २, बिहिबार

मोरङको गदिया खोलाबाट ३२३ किलो गाँजा बरामद

गदिया खोलाको किनाराबाट नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ ।
मोरङको गदिया खोलाबाट ३२३ किलो गाँजा बरामद

१ साउन विराटनगर / मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनाराबाट नेपाल प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । बिहीबार राति १ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले ३२३ किलो ३०० ग्राम गाँजा फेला पारेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोलाको किनारमा बेवारिसे अवस्थामा रहेको गाँजा फेला पारेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

गाँजा १० वटा बोरामा राखिएको अवस्थामा भेटिएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस