२०८२ श्रावण ३१, शुक्रबार

भारतीय प्रधानमन्त्री र ब्राजिलका राष्ट्रपतिले गरे टेलिफोन वार्ता

भारतीय प्रधानमन्त्री र ब्राजिलका राष्ट्रपतिले गरे टेलिफोन वार्ता

२३ साउन काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत ट्यारिफ (आयात कर) लगाउने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलका राष्ट्रपति लुला डी सिल्भासँग टेलिफोन वार्ता गरेका छन् ।

“राष्ट्रपति लुलासँग निकै राम्रो कुराकानी भयो । ब्राजिल भ्रमणलाई अविस्मरणीय र सार्थक बनाएकोमा मैले उनलाई धन्यवाद दिएँ,” मोदीले एक्समा लेखेका छन्, “भारत र ब्राजिल व्यापार, ऊर्जा, प्रविधि, रक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा रणनीतिक साझेदारीलाई थप बढाउन प्रतिबद्ध छन् ।”

उनले ग्लोबल साउथका देशहरूबीच बलियो र जनकेन्द्रित साझेदारीले यस क्षेत्रका नागरिकका साथै सम्पूर्ण विश्वका लागि फाइदा पुर्‍याउने बताए । पछिल्लो समय अमेरिकाले भारतलाई रुससँग तेल किनेको भन्दै ५० प्रतिशत ट्यारिफ घोषणा गरेको छ । यसअघि अमेरिकाले ब्राजिलमाथि ५० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस