२५ साउन काठमाडौँ / पशुपति आर्यघाटमा जलाउन राखेको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।
‘पीडितहरूले हड्डी बेचेको भनेर आरोपमा जाहेरी लिएर आउनुभएको छ,’ उनले भने, ‘बरामद भएको अवस्था छैन । हामी अनुसन्धान गर्दैछौं ।’ प्रहरी स्रोतका अनुसार पशुपति घाटमा काम गर्ने ‘घाटे बाहुन’ र अर्का दाउरा उठाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका घाटे बाहुन यसमा मुख्य आरोपी छन् । उनले सानो एक टुक्रा हड्डी बिक्री गरेको देखेपछि मलामी बसेकाहरूले देखेर सोधखोज गरेको प्रहरीको भनाइ छ ।