२०८२ श्रावण २७, सोमबार

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ ।
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

२६ साउन काठमाडौं / कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन खुलेको छ । सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस)को आवेदन खुलेको ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ ।

रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कोरियामा नेपाली नागरिकलाई श्रमिकका रूपमा पठाउने प्रयोजनका लागि योग्य उमेदवार छनोट गर्न प्रथम चरणको परीक्षाका लागि आवेदन खुलेको हो ।

उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि भाषा परीक्षामा आवेदन दिन सकिने पनि शाखाले जनाएको छ । उत्पादन क्षेत्रमा तीनहजार ५०० र कृषि तथा पशुपालन क्षेत्रमा एकहजार ८०० गरी पाँचहजार ३०० जना भाषा परीक्षामा उत्तीर्ण हुन सक्ने शाखाको अनुमान छ ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्र दरखास्त फारम भर्न पाउने सूचनामार्फत जानकारी गराइएको छ । काठमाडौं केन्द्रबाट सञ्चालन हुने भाषा परीक्षाका लागि साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस